समूह

टोली सदस्य

सन् २०११-२०१३ ‘लोहोरुङ र नेपाली कथ्य भाषा’, स्विडेनको गोटेबर्ग विश्वविद्यालयको भाषाविज्ञान विभाग र नेपालको ललितपुर स्थित सञ्चार तथा विकास अनुसन्धान केन्द्रको सहकार्य, स्विडिस रिसर्च काउन्सिलको आर्थिक सहयोग र प्राध्यापक येन्स अलवुड र प्राध्यापक माधव प्रसाद पोखरेलको नेतृत्वमा सञ्चालित अनुसन्धान परियोजना।

जिम्मेवारी: नेपाली र लोहोरुङ दुई भाषाका पाठ सङ्ग्रह र लोहोरुङ भाषाको बहुमाध्यम बहुभाषी शब्दकोशको लागि योजना, समुदायसँग समन्वय, क्षेत्रगत अध्ययन, तथ्याङ्क सङ्कलन, अडियो-भिडियो रेकर्डिङ, आलेखन र विश्लेषणमा भाषिक समूहको नेतृत्व, प्राविधिक समूहसँग समन्वय, अनुसन्धान र लेखन। http://desceco.org.np

टोली नेता

सन् २०११-२०१२ ‘नेपालका भाषाको प्रकारपरक अध्ययन’, विश्वविद्यालय अनुदान आयोग, नेपालबाट प्राप्त अध्यापक अनुसन्धान अनुदानबाट सञ्चालित अनुसन्धान।

अनुसन्धाता

सन् २०११ ‘Cultural and Linguistic Documentation of Raji’ (राजीको सांस्कृतिक तथा भाषिक अभिलेखीकरण) युनेस्को महाशाखाबाट प्राप्त अनुदानमा सान्त्वना मेमोरियल फाउन्डेसन, काठमाडौँ अन्तर्गत प्राध्यापक चूडामणि बन्धुको नेतृत्वमा सञ्चालित अनुसन्धान।

जिम्मेवारी: प्रस्ताव लेखन, क्षेत्रकार्य र तथ्याङ्क सङ्कलन, विश्लेषण र प्रतिवेदन लेखन।

अनुसन्धान सहायक

सन् २००८ त्रिभुवन विश्वविद्यालय भाषाविज्ञान केन्द्रीय विभाग अन्तर्गत नेपालको भाषिक सर्वेक्षणको प्रस्ताव तयारी समिति अन्तर्गत नेपाल सरकारको योजना आयोगको आर्थिक सहयोगमा प्राध्यापक योगेन्द्र प्रसाद यादवको नेतृत्वमा सञ्चालित प्रस्ताव लेखन कार्य।

जिम्मेवारी: नेपालको भाषिक सर्वेक्षणको प्रस्तावको लेखनको लागि आवश्यक सूचना सङ्कन र प्रस्तावको मस्यौदा तयारी।

भाषाविद्

सन् २००५ मार्च १-२००७ डिसेम्बर १५ भाषा सञ्चार परियोजना (Nepali Language Resources and Localization for Education and Communication (NeLRaLEC)), प्राध्यापक प्याट हल र प्राध्यापक योगेन्द्र प्रसाद यादवको नेतृत्वमा सञ्चालित परियोजनामा भाषा विज्ञान केन्द्रीय विभाग अन्तर्गत रही परियोजनाको कार्यालय पाटन ढोका स्थित मदन पुरस्कार पुस्तकालयमा।

जिम्मेवारी: १. हितग्राही सर्वेक्षण: प्रश्नावलीमा छलफल र स्रोतको उपलब्धता तथा भाषा प्रविधिको आवश्यकता सम्बन्धमा क्षेत्र भ्रमण, २. नेपाली राष्ट्रिय पाठसङ्ग्रहको लेख्य घटकको लागि पाठ सङ्कलन, मार्क अप ट्यागिङ, पदवर्ग ट्याग सेट डिजाइन र ट्यागिङ र कथ्य घटकको लागि रेकर्डिङको लागि योजना, श्रव्य-दृश्य पाठ सङ्कलन, आलेखन निर्देशिका तयारी, आलेखन, अभिलेख व्यवस्थापन, प्रतिवेदन लेखन, ३. नेपाली पाठ-वाणी घटकको लागि वर्ण समूह तयारी, द्विवर्ण समूह तयारी, नेपालीमा उपलब्ध सबै द्विवर्ण उपलब्ध हुनेगरी शब्द र वाक्यको सङ्कलन, उच्च आवृत्तिका शब्द सङ्कलन र तिनको अक्षरीकरण, असामान्य पाठको सङ्कलन र तिनको सामान्यीकरण, ४. समकालीन नेपाली शब्दकोशको लागि पदवर्ग तयारी, प्रविष्टि लेखन र सम्पादन। प्राप्ति यी वेबसाइटमा उपलब्ध रहेको तर अहिले यी वेबसाइट निष्क्रिय जस्तो देखिन्छ: http://www.bhashasanchar.orghttp://www.nepalisabdakos.com

अनुसन्धान सहायक

सन् २००४ ‘लोहोरुङ-नेपाली-अङ्ग्रेजी: आधारभूत शब्दकोश’, प्राध्यापक योगेन्द्र प्रसाद यादव र प्राध्यापक नोवल किशोर राईको नेतृत्वमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, ललितपुरमा प्रस्तुत प्रतिवेदन।

सन् २००४ ‘मेवाहाङ-नेपाली-अङ्ग्रेजी: आधारभूत शब्दकोश’, प्राध्यापक योगेन्द्र प्रसाद यादव र प्राध्यापक माधव प्रसाद पोखरेलको नेतृत्वमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, ललितपुरमा प्रस्तुत प्रतिवेदन।

क्षेत्रकार्य (विद्यार्थीको रूपमा)

२०५५ (सन् १९९८) भाषाविज्ञान केन्द्रीय विभाग अन्तर्गत स्नातकोत्तर तहको भाषाविज्ञानको विद्यार्थीको रूपमा प्राध्यापक चूडामणि बन्धुको नेतृत्वमा तनहुँ र नवलपरासी जिल्लामा बोटे र दरै भाषाको क्षेत्रकार्य।